इटहरी – धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् । समाचारको बिषयलाइ लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएपछि आज धरानमा मौन जुलुस निकालिएको हो ।
मेयरका कारण पत्रकारहरू सुनसरीमा असुरक्षित रहेको भन्दै मौन उनीहरूले जुलस निकालेको जनाइएको छ । मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र गोपाल दाहाललाई सार्बजनिक रूपमा धम्की मात्रै होइन, गृह मन्त्री रमेश लेखकलाइ पत्र लेखेर कारबाही गर्न पनि माग गरे पछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।
पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।
समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend