Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्यनिरुपण र बेपत्ता आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान


    शनिबार, मंसिर २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको अध्यक्ष तथा सदस्यमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान गरेको छ ।

    सिफारिस समितिले आज एक सूचना जारी गर्दै सिफारिस भएका अध्यक्ष तथा सदस्यमाथि कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी पेस गर्न आग्रह गरेको हो ।

    यदि त्यस्तो प्रतिक्रिया हुनेहरूले आफ्नो विषय पुष्टि हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्नेछन्। दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरेको छ।

    अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छनोट भएका छन्।

    दुई आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन परेको थियो। ती मध्यबाट सिफारिस समितिले आज संक्षिप्त सूचि सार्वजनिक गर्दै उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार