Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनकपुरमा राम जानकीको स्वयम्बर सम्पन्न


    शुक्रबार, मंसिर २१ २०८१
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर – सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ

    जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो ।

    राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए ।

    रंगभूमी मैदान पुगेको डोला परिक्रमा गरेपछि रामजानकीको स्वयम्बर सम्पन्न भएको हो । स्वयम्बरको समयमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार