Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अब भारत भ्रमण मिलाउनुपर्छ : प्रधानमन्त्री ओली


    बिहिबार, मंसिर २० २०८१
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – चार दिनको चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् ।

    चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

    अब दक्षिणको भ्रमण कहिले रु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

    मंसिर १७ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो ।

    उनका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, उनका सल्लाहकारहरू विष्णु रिमाल र डा युवराज खतिवडा लगायत सहभागी थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार