Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी


    बिहिबार, मंसिर २० २०८१
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको पदाधिकारी बैठकमा निरन्तर सहभागी हुन थालेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै आग्रहमा पुन सक्रिय राजनीतिमा फर्किने तयारी गरेकाले पदाधिकारी बैठकमा उपस्थित हुन थालेका हुन्।

    आज अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि पुन सहभागी भएको सचिव दिनानाथ शर्माले बताए। ‘प्रचण्ड’ले पुनलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्।

    पुनले सक्रिय राजनीतिमा फर्किएको संकेत हिजो काठमाडौँमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमबाटै गरिसकेका छन्। प्रतिक्रियावादीहरू समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे आफू रातो मान्छे भएर उभिन तयार रहेको बताएका थिए। ‘प्रचण्ड’ले पुनसँगै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पनि सक्रिय राजनीतिमा फर्काउने गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार