Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • माओवादीले बोलायो स्थायी समितिको बैठक


    बिहिबार, मंसिर २० २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रले यही मंसिर २७ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ। आज (बिहीबार) बिहान बसेको माओवादी पदाधिकारी बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

    आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो। आज बसेको पधाधिकारी बैठकले आगामी ०८४ मा हुने चुनाबमा माओवादीले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको छ ।

    गत आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजा बारे छलफल गर्दै आगामी निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको हो । पार्टीका प्रबक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा एक्लै लड्न पाटीको आधार तयार भैसकेको समेत दावी गरेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार