Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँको बागेश्वरी सडक १० दिन बन्द


    बिहिबार, मंसिर २० २०८१
    955
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • तनहुँ – व्यास नगरपालिका– ११ स्थित बागेश्वरी सडक १० दिन बन्द हुने भएको छ । उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण शुरु गरिएकाले दश दिन बन्द गरिएको हो ।

    बुधबारदेखि १० दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए । मोटरमार्गको घाँसीकुवादेखि बर भञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ ।

    सडकमा कालोपत्र समेत गर्न लागिएको छ। बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र शुरु गरिएको हो। सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम शुरु गरिएको भट्टराईले जानकारी दिए । व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए ।

    पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ, जसअनुसार ५.५ देखि ७.५ मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ। हालसम्म ८५० मिटर सडक कालोपत्र भइसकेको छ ।

    अध्यक्ष भट्टराईले भन्यो, ‘सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ। सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार