Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न चीनसँग प्रधानमन्त्रीको अनुरोध


    बुधबार, मंसिर १९ २०८१
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।

    चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज चीनको पेकिङ विश्वविद्यालयमा आयोजित ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।

    उनले सम्बोधनको अन्तिममा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’

    सोमबार ७८ जनाको भ्रमण टोलीको नेतृत्व गर्दै ची उठेका प्रधानमन्त्री ओलीले यसअघि ९ वटा सहकार्य सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । प्रधानमन्त्री ओलीले चीनका समकक्षी ली छयाङसँगको भेटपछि उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । त्यपछि उनले चीनीयाँ राष्ट्रपति सि चिन पिङसँघ पनि भेटवार्ता गरेका थिए । चीन भ्रमण सकेर प्रधानमन्त्री ओली मंसिर २० गते नेपाल फर्किने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार