दोलखा – गौरीशंकर गाउँपालिकामा भएको स्थानीय तह उपनिर्वाचनबाट उपाध्यक्ष पदमा निर्वाचित एमाले उम्मेदवार उमा शेर्पाले आफ्नो जीत व्यक्तिगत जीत नभएर सिङ्गो गौरीशंकरवासी र विकास प्रेमीको जित भएको बताएकी छिन्।
उपाध्यक्ष निर्वाचित भएपछि प्रतिक्रिया दिँदै शेर्पाले मतदाता, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैमा धन्यवाद दिईन्।
शेर्पाले आफ्ना प्रतिस्पर्धी एकीकृत नेकपा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पा, नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा तामाङ लगायत उपनिर्वाचनमा भाग लिने सम्पूर्ण राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूप्रति पनि सम्मान व्यक्त गरेकी छिन्।
‘आगामी यात्रामा गौरीशंकरवासीको हितका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सडक लगायतका अधुरा रहेका विभिन्न विकास निर्माणका कार्यहरूमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु, जसका लागि सबैको साथ सहयोग रहने नै छ भन्ने मैले विश्वास लिएको छु’, उनले भनिन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा शेर्पाले २ हजार ८ सय ५ मत ल्याई उपाध्यक्षमा विजयी भएकी हुन् । सो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत र नेपाली कांग्रेसकी पासदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याएका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाउँदा राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend