Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु


    आइतबार, मंसिर १६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – रोल्पामा आज (आइतबार) झोलुंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ।

    रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर पुरिएका हुन्।

    माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ। ७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको हो।

    पाँचै जनालाई माटोको ढिस्कोले पुरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार