Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु


    आइतबार, मंसिर १६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम – सिरहामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको हो । बरियारपट्टी गाउँपालिका(१ कचनारी बोर्डर नजिक भएकाृ दृर्घटनामा परि सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ठक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार