Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रामेछाप बस दुर्घटना अपडेट: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु


    शुक्रबार, मंसिर १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । आज शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।

    उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको जानकारी दिए ।

    उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको समेत बताए । गाडी काठमाडौँबाट बेताली जाँदै थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार