काठमाडौं – सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति आइरहेको उल्लेख गर्दै त्यसमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुऱ्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयका सहसचिव, प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।’
नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गर्दै गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली-बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरण गराएको छ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend