काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ।
बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने सजाय तोकेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले पौडेलविरूद्ध उक्त फैसला गरेको हो।
पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र सोही रकम जरिवाना तथा बिगो तिर्ने फैसला सुनाइएको विशेष अदालतले जनाएको छ।
उनीहरू दुबैलाई अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विकल पौडेलसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सोही प्रकरणमा अख्तियारले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दायर गरेको थियो। तर, विशेष अदालतले उनलाई सफाइ दिने फैसला गरेको थियो।
विशेष अदालतले गत कात्तिक १४ गते पौडेलसहितलाई दोषी ठहर गरेको थियो भने बिहीबार सजाय निर्धारणका लागि पेशी तोकिएको थियो। फैसलाअनुसार दोषी ठहर गरिएका व्यक्तिहरूले कैदसँगै कानुन अनुसार तोकिएको जरिवाना रकम तिर्नुपर्ने विशेष अदालतले जनाएको छ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend