Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आजदेखि ३ दिन पशुपति क्षेत्र आसपास माछामासु र मदिरा बेच्न नपाइने


    बिहिबार, मंसिर १३ २०८१
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- हिन्दु धर्मावलम्बिहरुको आसाको केन्द्र पशुपतिनाथ क्षेत्रमा आज ३ दिन माछामासु र मदिरा बेच्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बाला चर्तुदशीको अबसरमा पशुपति क्षत्रको शुद्धताका लागि बिहीबारदेखि शनिबारसम्म पशुपति क्षेत्र आसपास मासु, मदिरा बेचबिखनमा रोक लगाएको हो ।

    गौशाला मित्रपार्कदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क(उमाकुण्ड(गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण लगायत पशुपति क्षेत्रको सबै भूभागमा मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने प्रशासनले जनाएको छ ।

    सूचनाको विपरीत गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार