काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनमा आफ्नो उम्मेदवार नभएको ठाउँमा कसैलाई समर्थन नगर्ने भएका छन् । कीर्तिपुर नगरपालिकाको मेयरको चुनावमा उम्मेदवारी नदिएको रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएपनि अब तठस्थ बस्ने भएका हुन्
रास्वपाका उपचुनाव कमाण्डर गणेश पराजुलीले कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ आइपरेको बताए । रास्वपाले अब आफूले उम्मेदवारी नदिएका स्थानमा पार्टीका समर्थकलाई स्वविवेकमा निर्णय लिन छोडिदिएको उनको भनाइ छ ।
उनले भने, ‘कीर्तिपुरसहित हामीले कुनै पनि ठाउँमा अन्य उम्मेदवारलाई समर्थन गर्न सक्ने अवस्था भएन । अन्य दलका उम्मेदवारलाई नसघाउने पार्टीको नीति र स्वतन्त्र उम्मेदवार कसलाई छान्ने भन्नेमा अन्योलताले गर्दा तटस्थ बस्दा नै उचित हुने सिफारिस स्थानीय कमिटीहरुबाट प्राप्त भएको छ । सायद त्यही नै हुन्छ होला ।’
कीर्तिपुरमा एकजना स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न रास्वपाले निकै कसरत गरेको थियो । पराजुलीका अनुसार सबै स्वतन्त्र उम्मेदवारहरुलाई एक ठाउँमा ल्याएर एकजना मात्रै उठाउने पहल गरिए पनि त्यो सफल भएन ।
रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । यो उपनिर्वाचनलाई आफूहरुले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने पराजुली बताउँछन् ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend