Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अग्रवाल परिवारले बजारमा ल्याए अर्गानिक रत्नम दानेदार मल


    बिहिबार, मंसिर १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भैरहवा – नेपाल कृषी प्रधान देश हो, याहा किसानहरुको समस्या भनेकै मल हो । किसानहरुको समस्यालाई मध्य नजर गर्दै अग्रवाल परिवारले रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा ल्याएको छ ।

    बिहिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै रत्नम दानेदार अग्रानिक मल उत्पादन गरेर बजारमा ल्याएको प्रतिष्ठित उद्योगी सिद्धार्थ अग्रवालले जानकरी गराएका हुन ।

    रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा।लि उद्योग संचालन गरेर सिद्धार्थ अग्रवालले मल उत्पादन गरि बजारमा ल्याएका हुन । यस मलमा प्राङ्गारीक मल नहालेको तथा अरु प्राङ्गारीक मलहरु भन्दा यो मललाई फरक तरिकाले बनाएको र यो मल अर्गानीक भएको उद्योगी अर्गावालको भनाई छ ।

    ‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको पनि अग्रवालले जनाउनु भयो । नेपाल सरकारबाट बिक्रि बितरणको लागि अनुमति पाएपछि आफ्नै पालिकाहरुबाट मल बितरण गर्दै आएको र मलको उपयोग पछि ‘राम्रो रिजल्ट आएको अग्रवालको भनाई छ । त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ ।’—उनले भने ।

    ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिका निर्देशक पुनम अग्रवालले ‘हाम्रो आफ्नै एउटै ब्रान्ड छ रत्नम, जसले १०० प्रतिशत फर्टिर्लाइजर हो भनेर ठोकुवा गर्न सक्छ । उक्त पत्रकार सम्मेलनमा नेपालसंगै भारतमा समेत यो मल निर्यात हुन थालेको र हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उद्योगी ग्रवालले बताउनु भयो । हाल उद्योगमा ४० जना स्थानिय युवाहरुले रोजगार पाएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार