Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविलाई छिटो अदालत पेश गर्न प्रधानमन्त्रीलाई रास्वपाको अग्रह


    बुधबार, मंसिर १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर परियारले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

    भेटमा प्रमुख सचेतक परियारले रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सबै मुद्दा छिटो अदालत पुर्‍याउन आग्रह गरेका छन् । प्रहरीले हिरासत बसाई लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एक पछि अर्को जिल्लामा सभापति लामिछानेलाई पठाइएको रास्वपाको गुनासो छ ।

    जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको बताएका थिए ।

    सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनीविरुद्ध रुपन्देही, काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । रुपन्देही लगेर उनको बयान लिइएको छ भने काठमाडौं पनि ल्याउने तयारी छ ।

    काठमाडौं प्रहरीले पनि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यही मुद्दामा छविलाल जोशीको बयान लिइसकेको काठमाडौं प्रहरीले लामिछानेलाई काठमाडौं झिकाउने तयारी गरिरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार