Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि लामिछानेलाई काठमाडौं ल्याउन हवाई टिकट पाइएन


    मंगलबार, मंसिर ११ २०८१
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा – रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाडौं ल्याउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको छ ।

    उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर अहिलेसम्म काठमाडौंबाट हवाई टिकट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले बताए ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

    उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई काठमाडौं ल्याएर बयान लिन लागिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार