Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश


    आइतबार, मंसिर ९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ ।

    प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

    सर्वोच्च अदालतले प्रसाईंलाई समेत अदालतमा उपस्थित गराउनु भनी आदेश दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई अनुसन्धानका लागि गत मंगलबार सीआईबीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार