Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • यस्तो छ स्थानीय तह उपनिर्वाचनको मतपत्र


    आइतबार, मंसिर ९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको जनाएको छ । केही जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको आयोगले जनाएको छ ।

    मतपत्रको नमूना आयोगको वेवसाइडमा पनि राखिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले २ लाख ५९ हजार मतपत्र छापिएको जानकारी दिएकी छन । उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको हो । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।

    सेतो रंगको पृष्ठभूमिमा रातो रंगका अक्षर र चुनाव चिह्न मतपत्रमा प्रयोग गरिएको छ । उम्मेदवार संख्याको आधारमा प्रत्येक पालिकामा चुनाव चिह्नको संख्या फरक–फरक छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि तयार पारिएको मतपत्रमा २० वटा चुनाव चिह्न छन् ।

    सबैभन्दा कम चुनाव चिह्न रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षको चुनावको लागि तयार पारिएको मतपत्रमा छन् । त्यहाँ माओवादी र एमाले–काग्रेस गठबन्धनको मात्रै प्रतिस्पर्धामा भएकोले दुईवटा चिह्नमात्रै छन् । त्यहाँको मतपत्रमा रुख र हसियाँ हथौडा चिह्नमात्रै छ । कांग्रेससँग तालमेल गरेको एमाले रुख चिह्नमा चुनाव लडेको छ ।

    ४१ पदका लागि ३७६ जना उम्मेदवार उपनिर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् । १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपनिर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार