Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमालेको जागरणसभाका लागि भद्रकालीबाट र्‍याली सुरू


    शुक्रबार, मंसिर ७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेले आज दरबारमार्गमा गर्ने जागरण सभाका लागि विभिन्न स्थाबाट र्‍याली निकाल्न सुरु गरेको छ ।

    अहिले एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएका छन् । केहीबेरमा सुरु हुने र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दै छ ।

    कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार