काठमाडौं – आज काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न तीन समुहले आज काठमाडौंमा एकसाथ प्रदर्शन गर्ने भएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौंले सुरक्षा व्यवस्था कडा पारेको हो ।
सहकारी पिडितको माइतीघरमा, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले काठमाडौंको कोटेश्वरमा र नेकपा एमालेले दरबारमार्गमा जागरण सभाका गर्दै छ । एकैदिन तीन ठाउँमा फरक फरक समूहको प्रदर्शन हुने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए। त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए।
नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षा विषयमा प्रतिबद्ध रहेको उनले बताए । त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिनेछन्। त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए। सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend