Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा, श्रद्धाञ्जली दिइदै


    सोमबार, मंसिर ३ २०८१
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

    ढुंगानाको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झण्डा ओढाएका छन् ।

    ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर कांग्रेस सभापति देउवासहितका नेताहरुले कांग्रेसको झण्डा ओढाएका हुन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

    सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुंगानाको परिवारले जानकारी दिएको छ ।

    नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार