सञ्जय मिश्रा
रौतहट । रौतहटमा शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा भएको आक्रमणको घटनाको टुंगो नलाग्दै सोही विषयमा फेरि एक नगरपालिकाका मेयरमाथि आक्रमणको प्रयास भएको छ ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालमाथि आइतवार साँझ आक्रमणको प्रयास भएको हो। शिक्षक सरुवाको बिषय लिएर आइतवार १०–१२ जनाको संख्यामा मेयर जैसवालको घरमा गएका मानिसहरू भनाभन गर्दै आक्रमणको प्रयास गरेका हुन् ।
आक्रामक शैलीमा गएका उनीहरूले मेयर जैसवालको घर अगाडी तथानाम गालीगलौंज गरिरहेका थिए । प्रतिबाद गरेका मेयरका छोरा शैलेस जैसवालमाथि उनीहरू धक्कामुकीसमेत गरेका छन् ।
गत शुक्रवार नगर शिक्षा समितिको बैठकले ६ जना शिक्षकको सरुवा गर्ने निर्णय गरेको थियो । सोहीमध्ये एकजना माबि गरुडाका शिक्षकलाई अन्य विद्यालयमा किन सरुवा गरेको भन्दै उनीहरू मेयर कन्थमणि जैसवालमाथि आक्रमण गर्न खोजेको बुझिएको छ।
शिक्षक सरुवाको विषय नगरपालिकामा गएर सुल्झाउनु पर्नेमा केही राजनीतिक दलका नेता तथा अन्य शिक्षकहरुको उक्साहटमा गरुडा ४ का केही मानिसहरू यस प्रकारको अभद्र ब्यवहार गरेको मेयरका छोरा शैलेस जैसवालले बताएका छन् । गरुडा ४ का रामएकवाल पटेल, वीरेन्द्र पटेल, दिलिप पटेल, होसनारायण यादव, श्याम यादव, छोटेलाल पटेल र लालबाबु यादवलगायतका मानिसहरू मेयर जैसवाल विरुद्द खुलेरै लागेको शैलेसले जानकारी दिएका छन् ।
यसैबीच अभद्र ब्यवहारमा लागेका ७ जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएको मेयरका छोरा शैलेसले बताएका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले सामान्य भनाभन भएको तर कसैमाथि आक्रमण नभएको बताउँदै आवश्यक अनुसन्धान गरिरहेको बताएका छन्।
यसअघि शिक्षक सरुवाको बिषय लिएर देवाही गोनाही नगरपालिका भवन र मेयर प्रेमलाल साहको घरमा आक्रमण गर्दा ७५ लाख बराबरको क्षति भएको सार्वजनिक गरिएको थियो। उक्त घटनामा इलाका प्रहरी कार्यालय गरुडाका १० जना बिरुद्द मुद्दा दायर गरिएको थियो।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend