Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने


    शुक्रबार, कार्तिक ३० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् ।

    आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

    नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।

    आगामी मङ्सिर १५ देखि शुरु हुने एनपीएलमा बिराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लाइन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सगरी आठ फ्रेन्चाइजीले भाग लिदै छन् ।

    विश्वकपमा छनौट नेपाली यू-१९ महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि जनही साढे २ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार