Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु


    शुक्रबार, कार्तिक ३० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    शैल्यशिखर नगरपालिका -६ को बकजेबलामा म१ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले मृतक ६ जनाको सनाखत हुन बाँकी रहेको जनाएको छ भने दुर्घटनामा अन्य ७ जना घाइते भएको बताएको छ ।

    मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान करिब ४ बजे दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार