विशाल बस्नेत
महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक वडाध्यक्षले ७ सय महिलालाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास–९ का वडाध्यक्ष घुरन महतोले गृहणी महिलालाई सारी वितरण गरेका हुन् ।
महिलाहरुको मुख्य पर्वको रुपमा चिनिने छठमा नयाँ र सफा कपडा लगाउनुपर्ने हुँदा सवै जनाले खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै झन्डै ४ लाख बराबरको सारी वितरण गरिएको अध्यक्ष महतोले जानकारी दिए ।
वुधवार एक कार्यक्रमका बीच वितरण गरिएको नयाँ कपडा (सारी) पाएपछि गृहणी महिलाहरुले निक्कै खुसी व्यक्त गरेका छन् ।
‘जनप्रतिनिधिहरुले जनताका आधारभूत समस्या पहिचान गरेर चाडपर्वको मार्कालाई पनि सम्बोधन गर्दा निक्कै खुसी छौ ।’ स्थानीय विनादेवी महतोले भनिन्, ‘जनताका समस्या बुझेर खुसी ल्याउने यस्तै जनप्रतिनिधि हामिलाई चाहिएको हो ।’
सारी वितरण कार्यक्रममा नयाँ सारीले तत्कालको समस्या सावधान गर्नेमात्र हैन पर्वको महत्व समेत प्रगाढ वन्ने अतिथिहरुले विस्वास व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख प्रल्हादकुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो, राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानीयहरुको बाक्लै उपस्थिति रहेको थियो ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend