काठमाडौं । धरहरा निर्माणको ठेक्का लिएको रमण कन्ष्ट्रक्सनका संचालक र सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयु)का लेखाका कर्मचारीबीच विवाद भएको छ । आयोजनाका दुई महिला कर्मचारीले आफूमाथि रमण कन्ष्ट्रक्सनका संचालक पवन महतोले दुर्ब्यवहार गरेको भन्दै सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक मचाकाजी महर्जन समक्ष उजुरी दिएका छन् ।
निर्माण ब्यवसायी महतोले आफूमाथि दुव्र्यवहार गरेको भन्दै आयोजना कार्यान्वयन इकाईमा कार्यरत प्रमुख लेखा नियन्त्रक मिठु थापा र लेखा नियन्त्रक रमा पोखरेलले दुर्ब्यवहार भएको उजुरी दिएका छन् । गएको कात्तिक ६ गते ठेकेदार महतो र लेखानियन्त्रक थापा र पोखरेलबीच विवाद भएको थियो ।
कर्मचारीले दिएको निवेदनमाथि विभागले अध्ययन तथा छलफल गरिरहेको र दोषी देखिएमा कारबाहीको थप प्रक्रिया अघि बढाउने आश्वासन दिइरहेको छ ।
रमण कन्स्ट्रक्सनले धरहराको निर्माणको काम गरिरहेको छ । उक्त कम्पनीलाई रकम भुक्तानी दिन बाँकी छ । भेरियसन अर्डर (भीओ) को विषय र बैंक खाता परिवर्तनका लागि सिफारिस लेख्न माग गर्दा लेखाका कर्मचारीले दुःख दिएको गुनासो महतोले गरेका छन् ।
रमण कन्ष्ट्रक्सनले स्थायी रूपमै लिफ्ट चलाउन पर्याप्त हुनेगरी बिजुलीको पावर पुग्ने प्यानल जडान गर्न मन्त्रालयसँग थप ६५ लाख रुपैयाँ मागेको छ । उक्त थप रकम नदिएका कारण महतोको कम्पनीले प्यानल खरिद गर्न सकेको छैन ।
रमण कन्ष्ट्रक्सनका महतोले भने–‘बिजुलीको पावर नपुगेका कारण धरहराको एउटा लिफ्ट स्थायी रूपमै बिग्रिएको छ । अर्को लिफ्ट पनि बेला–बेलामा बिग्रने गरेको छ । पावर प्यानल भारतबाट ल्याउनुपर्छ । पावर प्यानल नपुगेर एउटा लिफट बिग्रिसकेको छ ।
यही विषयमा आयोजनाको लेखाका कर्मचारीहरूसँग कुराकानीका क्रममा चर्काचर्कीमात्र भएको हो, दुर्ब्यवहार गरिएको छैन । बैंकखाता सिफारिसका क्रममा उहाँहरुले विवाद गरेपछि चर्काचर्की भएको हो ।’
धरहराको ठेक्का सम्झौतामा पावर प्यानल राख्ने बुँदा उल्लेख छैन । पावर प्यानल थप कार्य भएकाले त्यसको भीओ गरेर दिनुपर्ने हुन्छ । धरहरा चलाउनका लागि पर्याप्त विद्युत आपूर्ति गराउन पावर प्यानल आवश्यक परेकाले भीओ गर्नुपर्ने हुन्छ । तर सीएलपीआईयुका कर्मचारीले भने म्याद सकिएकाले भीओ गर्न मिल्दैन भन्दैआएका छन् ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend