काठमाडौं । एमालेका सांसद तथा सहकारी छानबिन संसदीय समितिका अध्यक्ष सूर्य थापाले सहकारी ठगीमा रवि लामिछानेले क्लीनचिट पाएको भनेर लेख्नेहरुले मिसन पत्रकारिता गरेको आरोप लगाएका छन् ।
थापाले रवि लामिछानेलाई संसदीय छानबिन समितिले क्लिनचिट(सफाइ) दिएको भन्ने ब्यानर समाचार सम्प्रेषण गरिनु नै तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता भएको उल्लेख गरेका छन् । उनले नयाँ पत्रिका दैनिकले संसदीय छानबिन समितिको प्रतिवेदनलाई तोाडमरोड गरेको र मिसन पत्रकारिता गरेको आरोप लगाएका छन् । नयाँ पत्रिका दैनिकमा छापिएका समाचारका कटिङ समेत राखेर थापाले सहकारी छानबिन समितिको प्रतिवेदनको तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–२०८१ भदौ ३१ पछि नयाँ पत्रिका र अरू केही सीमित संचारमाध्यममा रवि लामिछानेलाई संसदीय छानविन समितिले क्लिनचिट(सफाइ) दिएको भन्ने ब्यानर समाचार संम्प्रेषण गरिनु नै तथ्यको तोडमरोड, भ्रष्ट्रीकरण र घोषित मिसनकारिता थियो । मेरो अनुभवमा संसदीय छानविन समितिको कामलाई सबभन्दा कम महत्त्व दिने र कार्यादेश (टीओआर) भन्दा विषयान्तर गराउने गरी सम्प्रेषण गर्न निरन्तर उद्यत भएको ब्रोडसिटमध्ये नयाँ पत्रिका अग्रणी थियो । सफाइ पाएको भन्ने भाष्य निर्माणबाट स्वयं लामिछानेजी असोज ८ गते बेलुकाको ३९ मिनेट लामो फेसबुक लाइभमार्फत् पछि हटिसक्नुभएको सर्वविदितै छ।यसमा लाहुरेभन्दा गुन्टा बढी उफ्रिनुको मज्जा पनि आआफ्नो ठाउँमा होला नै !
चाहे बाबुराम कुँवर होऊन् वा हरि वशिष्ठ जीबी राई र केदारनाथ शर्मालाई सशुल्कर निशुल्क सल्लाह दिएर आजको नियतिमा पुर्याउन साथमा रहेको जानकारी नभएकोर नआएको होइन । तर हामी कार्यादेशरउजरीर गुनासोर निवेदनबेगर अरू ढंगले कार्यसम्पादन नगर्न निधारित सिमामा थियौं । अहिले ब्यानर समाचार बनाउने पत्रिकाको आधार पनि समितिको प्रतिवेदन नै भएको छ ,यसमा खुशी नै लागेको छ ।
छानविनको ९९ दिनमध्ये कम्तीमा ८९ दिनभित्र यस्ता रिपोर्टिङ गरेको भए सहयोग नै पुग्दथ्यो । लगनपछिको पोतेको खासै प्रयोजन नभएजस्तै ९९ दिनमा काम सकेर प्रतिवेदन संसदमा प्रस्तुत गरेको पनि ३६ दिनपछि शृङ्खलाबद्ध ब्यानर समाचार आउनु पनि साथीहरूको कडा मेहेनत नै हो ।
अहिले रवि, छवि, रम्तेल र जीबी राईमाथि प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस अन्तर्गत अनुसन्धान गर्ने निकायले छवि र रविलाई करिब एक महिनाको अन्तरालमा पक्राउ गरी प्रहरी हिरासतमा राखेर अदालतको अनुमतिमा अनुसन्धान चलिरहेको छ । यसलाई विषयान्तर गर्ने जोकोहीको कोशिस र नियत छर्लङ्ग छ ।
रवि छवि, जीबी र रम्तेलमाथि जो अनुसन्धान र अभियोजन चलिरहेको छ, यसलाई निष्कर्षमा पुर्याउने कार्यमा कुनै अवरोध, विषयान्तर र अन्यथा आग्रहको अर्थ देखिंदैन ।
सहकारी ठग जीबी राईको कानुनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पंक्तिमा विराजमान देखिनु भने राष्ट्रकै निम्ति एउटा लज्जास्पद दृश्य हो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend