Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज नेपालको सामना श्रीलंकासँग, सेमिफाइनलको अंकगणित कस्तो छ ?


    बिहिबार, कार्तिक ८ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समुह बी का दुई खेल हुदै छन् । आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्ने तालिका रहेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपराह्न साढे एक बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुने छ ।

    समूह बी मा हाल नेपाल २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । नेपालका लागि भने श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ ।

    त्यस्तै समुह बी को माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ ।

    जारी प्रतियोगितामा समुह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समुह चरणबाटै बाहिरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार