Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित


    बुधबार, कार्तिक ७ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको छ ।

    गएराती सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

    पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो ।

    यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ए, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् ।

    आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार