काठमाडौँ । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स भएको छ । बर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारत पहिलो इनिंगमा करबल ४६ रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको भारत ४६ रनमा अल आउट हुदै टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्मको तेस्रो कम टोटलमा अल आउट भएको छ । यस अघि भारत२०२० मा अस्ट्रेलियाविरुद्ध ३६ रनमा अल आउट भएको थियो भने १९७४ मा इङल्याण्डविरुद्ध ४२ रनमा अल आउट भएको थियो । यी दुवै टेस्टको तेस्रो इनिंगमा कम रन बनेको थियो भने पहिलो इनिंगमा कम रन बनेको यो नै पहिलो पटक हो ।
यस खेलमा ऋषव पन्तले सर्बाधिक २० रन बनाएका थिए भने यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र आर आश्विन शुन्यमा आउट भएका थिए । त्यस्तै कुलदीप यादव २, जसप्रित बुमराह १ र मोहमद सिराजले ४ रन बनाएका थिए ।
भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम पिटरले ४ विकेट तथा टिम साउथीले एक विकेट लिएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend