Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरबिहीन


    बिहिबार, कार्तिक १ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन् ।

    युनिसेफले बुधबार सार्बजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख ९० हजार जनाले पब्लिक स्कुल, सडक किनार र अन्य स्थानमा सेल्टर लिइरहेका छन् ।

    युनिसेफले अघिल्लो साता मात्र लेबनानमा सय जना बालबालिकाले ज्यान गुमाएको र आठ सय भन्दा बढी घाइते भएको बताएको छ । अब जाडो मौसम आउन थालेकाले लेबनानमा बालबालिकाको अवस्था थप कठिन हुने युनिसेफले चेतावनी दिएको छ ।

    यस अघि २०२२ मा सिरियामा जाडोले कैयौं बालबालिकाको मृत्यु भएको युनिसेफले स्मरण गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार