काठमाडौँ । संयुक्त राष्ट्र संघले इजरायलले दक्षिणी लेबनानमा शान्ति सेनाको आधारमा जबरजस्ती घुसपैठ गरेको आरोप लगाएको छ ।
यस घटनाले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेना बीच मुठभेडका घटनाहरू बढ्न सक्ने आशंका बढेको छ ।
युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानका अनुसार आइतवार इजरायली सेनाको ट्याङ्कीले मुख्य गेट तोडेर गोली चलाएको थियो, जसका कारण शिविर धुवाँले भरिएको थियो । जसका कारण १५ शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको छ ।
यद्यपि, आइडीएफले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिलको पोजिशनमा प्रवेश गरेको बताएको छ ।
इजरायलले बारम्बार शान्ति सैनिकहरूलाई दक्षिणी लेबनानका क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गरेको छ तर युनिफिलले भने अहिलेसम्म इजरायलका यी अनुरोधहरूलाई अस्वीकार गर्दै आएको छ ।
अहिले करिब ५० देशका करिब १० हजार संयुक्त राष्ट्र शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा करिब ८०० नागरिक पनि तैनाथ छन्।
१९७८ देखि यी सैनिकहरूले लितानी नदी र ‘निलो रेखा’ बीच गस्ती गरिरहेका छन् । लेबनान र इजरायल बीच संयुक्त राष्ट्रले मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend