Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलले गर्‍यो इरानमाथि हमला


    शुक्रबार, बैशाख ७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तेहरान । इजरायलले इरानमाथि आक्रामण गरेको छ ।

    इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन् ।

    स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीका अनुसार इस्फाहान शहरको उत्तरपश्चिममा रहेको इरानी शहर गहजावोर्स्तानमा विस्फोटको आवाज सुनिएको थियो।

    ‘गहजावोर्स्तान सहर इस्फहान एयरपोर्ट र आर्मी एयर फोर्सको आठौं शिकार आधारको नजिक अवस्थित छ,’ फार्स समाचारले भन्यो।

    इरानी प्रेस टिभीले पनि मध्य सहर नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ। यो विस्फोटको कारण थाहा हुन सकेको छैन ।

    तर, अमेरिकन समाचार माध्यमले भने इजरायलले इरान माथी हमला गरेकाे जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार