Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गोलबजारमा एक दर्जन स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा


    शनिबार, मंसिर २७ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिनाअनुमति सञ्चालनमा रहेको फेला पारेको हो ।

    अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा रहेको र आठवटा नवीकरण नगराएको पाइएको नगर स्वास्थ्य शाखा सहसंयोजक पवन पञ्जियारले जानकारी दिए । 

    गोलबजार–२ स्थित सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर, माँ धमिनी डेन्टल क्लिनिक, हरि केयर क्लिनिकलगायतका स्वास्थ्य संस्था बिनादर्ता अवैधरूपमा सञ्चालनमा रहेको पञ्जियारले बताए । 

    यस्तै भूमिजा हस्पिटल, अजय कम्युनिटी डेन्टल अस्पताल प्रालि, एकता स्मृति पोलिक्लिनिक, सौरभ एण्ड कृष पोलिक्लिनिक, माँ धमिनी हस्टिल प्रालि, बेबी ल्याव, सगरमाथा मोडेल हस्पिटल प्रालिलगायतका स्वास्थ्य संस्था नवीकरणको प्रक्रियामा रहेको जनाएको छ ।अनुगमनका क्रममा अवैधरूपमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको उनको कथन छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार