Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा


    मंगलबार, असोज २२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको छ ।

    रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले जोन जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई भौतिकशास्त्रमा २०२४ नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    दुवैलाई आर्टिफिसियल नेचुरल नेटवर्कसँग मेशिन लर्निंग सम्बन्धि प्राथमिक खोज र आविष्कारहरू गरे बापत यस बर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार दिइएको छ ।

    ७६ बर्षिय जेफ्री ई. हिन्टन ब्रिटिश-क्यानडियन कम्प्युटर वैज्ञानिक हुन् भने त्यस्तै ९१ बर्षिय जोन जे हपफिल्ड अमेरिकी वैज्ञानिक हुन् ।

    यसअघि सोमबार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई चिकित्सा क्षेत्रको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

    त्यस्तै बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा हुदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार