Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको हरियाणामा काँग्रेसको शुरुवाती अग्रता, बिजेपी पछाडि


    मंगलबार, असोज २२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारतको हरियाणा राज्यको विधानसभामा भारतीय नेशनल काँग्रेसले शुरुवाती अग्रता लिएको छ । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना शुरु भएको छ ।

    ९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार कांग्रेस ४८ सिटमा अगाडि देखिएको छ भने भारतीय जनता पार्टी १६ सिटमा अगाडि रहेको छ । त्यस्तै अन्य ४ सिटमा अगाडी रहेका छन् ।

    यस अघि २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।

    त्यस्तै जम्मु कश्मिरमा जेकेएनसीले २७ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी १७ सिटमा अगाडी रहेको छ । त्यस्तै पिडिपी एक र अन्य ३ सिटमा अगाडी रहेका छन् ।

    ९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरमा १० बर्षपछि विधान सभा निर्वाचन भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार