काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर (हाल एक्स) किनेपछि कम्पनीको मूल्य ८० प्रतिशतले घटेको पाइएको छ ।
मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मूल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण गर्ने कम्पनी फिडेलिटीलाई उदृत गर्दै सिएनएनले उल्लेख गरको छ ।
मस्कले ट्वीटर किन्ने समयमा नै उनले कम्पनिका लागि बढी रकम तिरेको बताइएको थियो । मिडिया रिपोर्टका अनुसार २०२२ मा ट्वीटरको मुल्य ३० बिलियन डलर भन्दा बढी नभएपनि मस्कले १४ बिलियन डलर तिरेको विश्लेषण गरिएको थियो ।
मस्कले किनेपछि धेरै जसो विज्ञापनदाता एक्सप्रति आकर्षित हुन नसकेको विभिन्न रिपोर्टहरुमा यस अघि पनि उल्लेख गरिएको छ ।
हालै कान्तरले गरेको ग्लोबल सर्भेमा २६ प्रतिशत विज्ञापनदाताले अर्को बर्ष एकसमा गर्ने खर्चमा कटौती गर्ने योजना बनाएको देखिएको छ । यस सर्वेमा ३९ प्रतिशत विज्ञापनदाता गुगलमा राखेको विज्ञापनबाट सन्तुष्ट देखिएका छन् भने एक्समा यो संख्या केवल ४ प्रतिशत मात्र रहेको छ ।
गत नोभेम्बरमा मस्क आफैले नाम चलेका ब्रान्डले एक्समा विज्ञापन नदिएको आरोप लगाएका थिए ।
यस बर्षको दोस्रो क्वाटरमा एक्समा प्रति महिना ५७० सक्रिय प्रयोगकर्ता रहेको र यो अघिल्लो सोही समयको ६ प्रतिशतले बढी भएको दाबि एक्सले गरेको छ तर बिभिन्न रिपोर्टले अहिले एक्सका प्रयोगकर्ता मस्कले कम्पनि किनेपछि २० प्रतिशत भन्दा बढीले घटेको बताएका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend