बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रंगेली इलाका प्रहरी कार्यालयबाट सादा पोशाकका घुमुवा परिचालन गरी तस्करीको लाइन दिएको समाचार नेपालफेस डटकमले गएको असोज ५ मा उजागर गरेपछि सशस्त्र प्रहरीले सई सुवास गिरीसहितलाई हटाएको छ । तर नेपाल प्रहरीले भने १० बर्षदेखि प्रायः मोरङमा सादा पोशाकमा परिचालित सई भुवन श्रेष्ठलाई यथावत राखेको छ ।
सई श्रेष्ठको दरबन्दी धनकुटामा भएको र काजमा मोरङमा बसी तस्करहरुसँग उठौती गर्दैैआएको समाचार उजागर भएपछि पनि कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी चन्द्रकुवेर खापुङले उनलाई चलाउन आवश्यक नठानेपछि तस्करीको भागबण्डा उनीसम्म पुग्ने गरेको आशंका गर्न थालिएको छ । एसपी नवराज कार्कीमात्र होइन, डीआईजी खापुङकै संरक्षणमा घुमुवा सई श्रेष्ठले मोरङको पूर्वी क्षेत्रका रंगेली, डुमरिया र सिजुवाबाट चिनीदेखि किराना तस्करीको लाइन दिएर मासिक मोटो रकम उठाउने गरेको आरोप लाग्दैआएको छ ।
आईजीपी बसन्तबहादुर कुँवरले दरबन्दीमा पठाऊ अभियान डीआईजी हुँदा सुरु गरेका थिए । तर, आफैंले सुरु गरेको अभियानबिपरीत १० बर्षदेखि काजमा घुमुवा बसेका सई भुवन श्रेष्ठहरुलाई भने दरबन्दीमा पठाइएको छैन ।
सई श्रेष्ठले चिनी विनोद केशरी र मनु शाहको सेटिङमा चिनी तस्करीको लाइन दिने गरेका छन् ।
एसपी कार्कीले मातहतका कार्यालयबाट मोरङका पूर्वी क्षेत्रको मुख्य सीमा नाकाहरु हेर्ने इलाका प्रहरी कार्यालय रंगेलीबाट सई श्रेष्ठको नेतृत्वमा घुमुवा परिचालन गरेका छन् ।
यी तीनै क्षेत्रबाट चिनीको बढी तस्करी हुँदैआएको छ । चिनीदेखि हार्डवेयर, किराना लगायतको तस्करी पनि हुने गरेको छ । एसपी कार्कीले रंगेलीमा काजमा राखी घुमुवाका रुपमा श्रेष्ठको नेतृत्वमा ३ जनालाई घुमुवा खटाएका छन् । सई श्रेष्ठले डीआईजी खापुङलाई समेत तस्करीको सेटिङको भागबण्डा पुर्याएका कारण उनलाई काजमा बसी राज गर्ने छुट दिइएको छ ।
डीआईजी राजेश बाँस्तोलाको कार्यकालमा उनका र एसपीका पनि घुमुवाका रुपमा परिचालित श्रेष्ठको बारेमा आईजीपी बसन्तबहादुर कुँवरकोमा गुनासो पुगेको थियो । गुनासोपछि आईजीपी सचिवालयको निर्देशनमा उनको काजसरुवा संखुवासभा जिल्ला प्रहरी कार्यालयमा भएको थियो ।
३–४ महिना संखुवासभा दरबन्दी राखे पनि त्यहाँका डीएसपीलाई भनेर बास्तोलाले मोरङमै राखेका थिए । बास्तोला सरुवा भएपछि पुरानो मिति राखेर श्रेष्ठले धनकुटामा सरुवा मिलाएका थिए । केही महिनादेखि उनलाई धनकुटाबाट फेरि काजमा मोरङको रंगेली ल्याइएको छ । अनुभवी भएकाले श्रेष्ठलाई रंगेलीमा काजमा ल्याएर घुमाउरो बाटोबाट डीआईजी खापुङ र एसपी कार्कीले घुमुवाका रुपमा परिचालन गरेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend