काठमाडौं । विवादास्पद एसपी विश्वराज खड्कालाई गृहमन्त्री रमेश लेखकले मकवानपुरको प्रहरी प्रमुखमा सरुवा गरी पुरस्कृत गरेका छन् ।
प्रहरीमा सेवा प्रवेशपछि खड्का जहाँ इन्चार्ज हुँदा पनि आर्थिक मामिला र अनेक काण्डमा पर्दैआएका एसपी हुन् । मंगलबार राति गरिएको ४१ एसपीको सरुवामा खड्कालाई पुरस्कृत गरी मकवानपुरको कमाण्डर बनाइएको छ ।
जनकपुरकी आरती साहको हत्या प्रकरणमा आर्थिक लेनदेन गरी मुद्दा कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिन चलखेल गरेका एसपी विश्वराज खड्कालाई गृहमन्त्री रमेश लेखकले पुरस्कृत गरी मकवानपुरको कमाण्डर बनाएका छन् ।

आरती साह डेढ बर्षअघि २०८० जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साह हत्या प्रकरणमा आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो ।
मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप रहेको थियो । आरतीको परिवार दोषीमािथ कारबाहीको माग गर्दै २७१ दिन दिनदेखि काठमाडौंमा धर्ना बसेको थियो । ए सपी खड्काले आरतीका हत्यारालाई जोगाउनका लागि सबै हत्कण्डा प्रयोग गरेका थिए । न्याय माग्ने आरतीका परिवारलाई उल्टै कुटपिट गर्ने कार्यसमेत उनले गरेका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend