काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई हटाउने भएको छ । स्रोतका अनुसार विभागका प्रमुख थापाको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनलाई हटाउन लागेको हो ।
थापालाई हटाएर टेकेन्द्र कार्कीलाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बनाउन लागिएको छ ।
प्रधानमन्त्री केपी ओलीले गएको भदौ १० गते राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग र नेपाल ट्रस्टको कार्यशैलीबारे चरम असन्तुष्टि पोखेका थिए । त्यो असन्तुष्टि पोखेलगत्तै उनले राजस्व अनुसन्धान विभागकोा महानिर्देशकमा आफ्नै जिल्ला झापा घर भएका चण्डीप्रसाद घिमिरेलाई लगेका छन् । जसको जागिर अवधि ७ महिना पनि पूरा छैन । अवकाशको मुखमा उनलाई राजस्वको महानिर्देशकमा लगेर उनलाई कस्तो प्रतिफल खोजेका हुन् भन्ने प्रश्न पनि उठिरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा पनि सुमन दाहाललाई लगिएको छ । सम्पत्ति शुद्धीकरण विभागका सबै १४ वटा अधिकार झिकेकाले उक्त विभागको औचित्य नभएकोले दाहाल जान इच्छुक थिएनन् । विभागलाई प्रधानमन्त्री कार्यालयको महाशाखाको रुपमा राख्न सुझाव दिएपछि महानिर्देशक भट्टराईलाई सरुवा गरिएको थियो ।
राजस्व र सम्पत्तिका डीजी फेरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापालाई पनि हटाउन लागेका हुन् । थापालाई २०७९ भदौ २७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियो । ३ बर्ष कार्यकाल रहेका थापाको अब १ बर्ष बाँकी छ ।
प्रधानमन्त्री ओली राष्ट्रिय अनुसन्धान विभागमात्र होइन, नेपाल प्रहरीका प्रमुखको कार्यशैलीबाट पनि सन्तुष्ट नभएको बताइन्छ ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend