काठमाडौं । सबैभन्दा जेठो र पुरानो अस्पताल भनेर सर्वसाधारणले वीर अस्पताललाई चिन्ने गरेका छन् । सर्वसाधारणले वीर अस्पताललाई आशाको केन्द्र माने तापनि त्यसभित्रका विकृति र विसंगतिको चाङले त्यत्तिकै दुर्गन्धित बनाएको छ । दुर्गन्धितमात्रै बनाएको छैन, वीर अस्पतालमा कार्यरत केही चिकित्सक र भ्रष्ट स्टोरका कर्मचारीहरुले यसलाई आफ्नो पेवा जस्तै बनाएका छन् ।
अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री खरिद, अनावश्यक खरिद र थन्क्याउने, कर्मचारी भर्ना, सरुवा, बढुवा र नयाँ नियुक्तिमा समेत ठूलो धनराशीको चलखेल हुने गरेको स्रोत बताउँछ ।
वीर अस्पतालमा हुने गरेको भष्टाचार र अनियमितताको छानबिन अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रले समेत मिहीन ढंगले सकेका छैनन् । २०६७–०६८ तिर वीर अस्पतालमा शाखा अधिकृतको रुपमा प्रवेश गरेका (क.स.न. १५९८११००) अर्जुन गौतमले खरिद र कर्मचारी भर्नामा ठूलो आर्थिक संकलन गरेको आरोप छ । अस्पतालका खरिद र कर्मचारी भर्नामा आर्थिक चलखेल भएका प्रमाण र उजुरी अख्तियारमा अझै सुरक्षित छन् ।
हाल सतर्कता केन्द्रले सो सम्बन्धमा समेत छानबिन गरिरहेको अस्पताल प्रशासनका पदाधिकारी बताउँछन् ।
गौतम लामो समयसम्म वीर अस्पतालमा हालीमुहाली गर्दै आएका थिए । गौतम खुल्ला प्रतिस्पर्धाबाट नभई फाइल बढुवाबाट उपसचिव बनेका थिए । वीरमा उपसचिव भएपछि उनी लामै समय बस्न सफल भए । त्यसपछि गौतम सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भएपछि सरकारले गौतमलाई २०८० फागुनमा मधेश प्रदेश पठाएको थियो । उनी मधेश प्रदेशमा तीन महिना पनि बस्न नसकी सामान्यको बरन्डा हुँदै फेरि वीर अस्पतालमा आउन सफल भएका छन् । मेडिकल माफियाको योजनामा उनी पुनः वीरमा प्रवेश गर्न सफल भएका छन् ।
यसरी सरकारले आवश्यक ठानेर मधेश प्रदेश पठाएका सहसचिव गौतम फेरि वीरमै फर्किफर्की आउनुको रहस्य के छ ? यस्ता कर्मचारी त वीर अस्पताल र मन्त्रालयमा कति छन् कति ? वीरमा बसी खरिद र कर्मचारी भर्नामा अनियमितता गर्ने यस्ता कर्मचारीमाथि अख्तियारले छानविन गर्न नसक्नु जस्तो लाजमर्दो अवस्था के हुन सक्छ ?
वीर अस्पतालभित्र हुने भ्रष्टाचार, अनियमितता र बेथितिको छानविन गर्न नसक्नु सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपनका रुपमा लिइएको छ । हाल उनी र उनको समूह मेडिकल स्टोरका टिकाराम पनेरु, जनरल स्टोरका बैकुण्ठ लुइँटेल लगायत अस्पतालभित्रका खरिदमा कमिसन उठाउने, कर्मचारी नियुक्तिमा अग्रिम रकम लिने, उपकुलपति र शिक्षाध्यक्ष, डिन, सहायक डिनलाई आफ्नो कमिसनको फाइल सदर नगरे अख्तियार, प्रहरी र साइवर ब्यूरो हाल्छु भन्दै धम्क्याउने गर्दैआएका छन् । कर्मचारीले आवाज उठाए प्रहरीकोमा धम्की दियो भन्दै उजुरी गर्ने गरेको प्रशासन स्रोत बताउँछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend