Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वीर अस्पताल धरासायी पार्ने सहसचिव गौतम फेरि फर्किए


    मंगलबार, भाद्र १८ २०८१
    2.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सबैभन्दा जेठो र पुरानो अस्पताल भनेर सर्वसाधारणले वीर अस्पताललाई चिन्ने गरेका छन् । सर्वसाधारणले वीर अस्पताललाई आशाको केन्द्र माने तापनि त्यसभित्रका विकृति र विसंगतिको चाङले त्यत्तिकै दुर्गन्धित बनाएको छ । दुर्गन्धितमात्रै बनाएको छैन, वीर अस्पतालमा कार्यरत केही चिकित्सक र भ्रष्ट स्टोरका कर्मचारीहरुले यसलाई आफ्नो पेवा जस्तै बनाएका छन् ।

    अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री खरिद, अनावश्यक खरिद र थन्क्याउने, कर्मचारी भर्ना, सरुवा, बढुवा र नयाँ नियुक्तिमा समेत ठूलो धनराशीको चलखेल हुने गरेको स्रोत बताउँछ ।

    वीर अस्पतालमा हुने गरेको भष्टाचार र अनियमितताको छानबिन अहिलेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रले समेत मिहीन ढंगले सकेका छैनन् । २०६७–०६८ तिर वीर अस्पतालमा शाखा अधिकृतको रुपमा प्रवेश गरेका (क.स.न. १५९८११००) अर्जुन गौतमले खरिद र कर्मचारी भर्नामा ठूलो आर्थिक संकलन गरेको आरोप छ । अस्पतालका खरिद र कर्मचारी भर्नामा आर्थिक चलखेल भएका प्रमाण र उजुरी अख्तियारमा अझै सुरक्षित छन् ।
    हाल सतर्कता केन्द्रले सो सम्बन्धमा समेत छानबिन गरिरहेको अस्पताल प्रशासनका पदाधिकारी बताउँछन् ।

    गौतम लामो समयसम्म वीर अस्पतालमा हालीमुहाली गर्दै आएका थिए । गौतम खुल्ला प्रतिस्पर्धाबाट नभई फाइल बढुवाबाट उपसचिव बनेका थिए । वीरमा उपसचिव भएपछि उनी लामै समय बस्न सफल भए । त्यसपछि गौतम सहसचिवमा बढुवा भए । सहसचिवमा बढुवा भएपछि सरकारले गौतमलाई २०८० फागुनमा मधेश प्रदेश पठाएको थियो । उनी मधेश प्रदेशमा तीन महिना पनि बस्न नसकी सामान्यको बरन्डा हुँदै फेरि वीर अस्पतालमा आउन सफल भएका छन् । मेडिकल माफियाको योजनामा उनी पुनः वीरमा प्रवेश गर्न सफल भएका छन् ।

    यसरी सरकारले आवश्यक ठानेर मधेश प्रदेश पठाएका सहसचिव गौतम फेरि वीरमै फर्किफर्की आउनुको रहस्य के छ ? यस्ता कर्मचारी त वीर अस्पताल र मन्त्रालयमा कति छन् कति ? वीरमा बसी खरिद र कर्मचारी भर्नामा अनियमितता गर्ने यस्ता कर्मचारीमाथि अख्तियारले छानविन गर्न नसक्नु जस्तो लाजमर्दो अवस्था के हुन सक्छ ?

    वीर अस्पतालभित्र हुने भ्रष्टाचार, अनियमितता र बेथितिको छानविन गर्न नसक्नु सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारीपनका रुपमा लिइएको छ । हाल उनी र उनको समूह मेडिकल स्टोरका टिकाराम पनेरु, जनरल स्टोरका बैकुण्ठ लुइँटेल लगायत अस्पतालभित्रका खरिदमा कमिसन उठाउने, कर्मचारी नियुक्तिमा अग्रिम रकम लिने, उपकुलपति र शिक्षाध्यक्ष, डिन, सहायक डिनलाई आफ्नो कमिसनको फाइल सदर नगरे अख्तियार, प्रहरी र साइवर ब्यूरो हाल्छु भन्दै धम्क्याउने गर्दैआएका छन् । कर्मचारीले आवाज उठाए प्रहरीकोमा धम्की दियो भन्दै उजुरी गर्ने गरेको प्रशासन स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार