Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै


    बिहिबार, भाद्र ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदैछ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । नेपाल र बंगलादेश समुह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् ।

    दुवैले आ-आफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजको विजेताले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

    त्यस्तै समुह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन् । भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।

    नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार