Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ यू-२० च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै


    बुधबार, भाद्र ५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ ।

    आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।

    त्यस्तै  सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो । भुटानले आजको खेल जित्नै पर्ने अवस्थामा खेल्दै छ ।  आजको खेल भुटानले हारेमा प्रतियोगिताबाट बाहिरिने छ ।

    नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

    त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार