Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा


    शुक्रबार, भाद्र ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो ।

    समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

    यो जितपछि भारत समुह बिजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

    अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ र यो खेल आइतबार हुनेछ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन् । दोस्रो सेमिफाइनल सोमबार हुनेछ ।

    प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार