काठमाडौं । कुनै पनि सरकारी सेवामा नलगाएको ३० बर्षे सेवाहदको विभेदकारी कानुन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा लागू गरिएको छ । जसका कारण १ लाख नेपाल प्रहरी र ३७ हजार सशस्त्र प्रहरीको बृत्तिविकासमा असर परेको छ ।
प्रहरीका केही उच्च अधिकृतको ब्यक्तिगत स्वार्थका लागि बर्षौदेखि सिंगो संगठनलाई नै यस्तो बिभेदको शिकार बनाइएको छ । सरकारलाई अदालतले ३० बर्षे सेवा हद हटाउन पटक पटक आदेश दिदा समेत त्यो पालना हुनसकेको छैन ।
सरकारको अकर्मण्यताले समयमै निर्णय नगर्दा अन्ततः ठूलो संख्यामा सिनियर प्रहरी अधिकृत अदालतमा पुगेका छन् । रिटमा उठाइएका मुख्य माग सरकारले दुई पटक सर्बोच्च अदालतले दिएको निर्देशनात्मक आदेशलाई बेवास्ता गर्दै ११ बर्षसम्म कानुन नबनाउनु स्वेछातारिता भएको जिकिर गरिएको छ । आफ्नो उमेर हदसम्म अर्थात् प्रहरी नियमावली–२०४९ ले तोकिएको उमेर हद प्रहरी निरीक्षक को ५३ बर्ष, प्रहरी नायब उपरीक्षकको ५४ बर्ष, प्रहरी उपरीक्षक र वरिष्ठ उपरीक्षकको ५५ बर्षसम्म अबकास नहुने कुरा र सरकारले यसै बर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा समेत राखिएको कुरा आफूहरुसमेतलाई लागू हुनुपर्ने रिटमा उल्लेख छ ।
निजामती सेवा, शिक्षक, राष्ट्रिय अनुसन्धान बिभाग, अझ नेपाली सेनामा समेत कायम नभएको ३० बर्षे सेवावधि संविधानतः बिभेदकारी रहेको र अन्तर्राष्ट्रिय रुपमा समेत कहीँ कतै मेल नखाने अबैज्ञानिक रहेको जिकिर गरिएको छ ।
२१ अधिकृतले रिट निवेदमा आफूहरुले राज्यलाई अफ्ट्यारो पर्दा घरपरिवार समेत नभनी निरन्तर सशस्त्र द्वन्दको मुकाबिला गर्दा १५ जना साथी गुमाउनुपरेको र कतिपय अहिले पनि अपाङ्ग रहेकाले हाम्रो ४८ बर्षदेखि ५२ बर्षसम्मको उमेर समूहमा रहेका हामीले सरकारबाट न्याय पाउनुपर्ने र विभेदकारी नियममावलीको प्रवधान हटाउन माग गरिएको छ ।
रिट निवेदक अधिकृतहरु प्रहरी संगठनका ब्याबसायिक र खटिएका ठाउँमा उत्कृष्ट नतिजा दिएर जनस्तरमा समेत राम्रो चर्चा कमाएकाहरु छन् । यस्तो अनुभवी र काबिल जनशक्तिलाई ४८–५२ बर्षमा अवकासमा पठाउँदा सरकारले ठूलो आर्थिक ब्ययभार बेहार्नुपर्छ भने प्रहरी सङ्गठनले ठूलो संख्यामा आफ्ना ब्याबसायिक अधिकृत एकै पटक गुमाउँदा ठूलो रिक्तता ब्यहोर्नुपर्ने हुन्छ ।
सरकारले दुई पटक आदेश दिंदा पनि ११ बर्षदेखि ३० बर्षे सेवाहद हटाउन बेवास्ता गरेपछि अन्ततः आशाको केन्द्र न्यायालयको शरणमा आउनुपर्ने बाध्यता भएको रिट निवेदकमध्येका एक अधिकृतले बताए ।
सर्वोच्च अदालतले आफ्नै आदेश कार्यान्वयन गराउने र काबिल अधिकृतलाई न्याय दिने अपेक्षा पनि निवेदकहरुले राखेका छन् ।
निजामती सेवा, शिक्षक सेवा, स्वास्थ्य सेवा, न्यायसेवा कहीँ पनि ३० बर्षे सेवाहदको ब्यवस्था छैन । तर नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई मात्र सौताको छोराछोरी जस्तै ब्यवहार सरकारले गर्दा ४८ बर्षको उमेरमै अवकाश हुनुपर्ने बाध्यता दुबै संगठनका अधिकृतहरुको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend