काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।
जसमा जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ काश्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीजरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले ओलाप्म्पिक पदक जितेका छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend