Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ओली सरकारका अर्थमन्त्री युवराज खतिवडा कि बिष्णु पौडेल ?


    बिहिबार, असार २८ २०८१
    2.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाउने निश्चित भइसकेको छ । संसदमा क्रियाशील प्रायः सबै पार्टी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाहेक अरु सबैले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने घोषणा गरिसकेका छन् ।

    कुनै आश्चर्यजनक घटना नभएमा शुक्रबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने निश्चित छ । प्रधानमन्त्री नियुक्त भइसकेपछि ओलीको मन्त्रिमण्डलमा कस्ता कस्ता अनुहार समावेश हुनेछन् भन्ने कौतुहलता सबैतिर छ । विशेष गरी आर्थिक संकटबाट गुज्रिएको नेपालमा अर्थमन्त्री को हुने भन्ने जिज्ञासा आमनागरिकमा छ ।

    ओलीले अर्थमन्त्रीमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई अगाडि सार्ने अनुमान गरिएको छ । तर यसअघि ३ पटक अर्थमन्त्री र पटक पटक ऊर्जा मन्त्रालय, युवा तथा खेलकुद मन्त्री भइसकेका पौडेल स्वयंले आफूनिकटका पत्रकारहरुमार्फत् अर्थमन्त्री हुन लागेको समाचार लेखाइरहेका छन् । तर अध्यक्ष ओलीले भने एमालेबाट मन्त्री हुनेहरुको नाम अहिलेसम्म गोप्य नै राखेका छन् । कांग्रेस र एमालेबीच मन्त्रालयको संख्या भागबण्डा भए पनि कुन कुन कस कसलाई भन्ने नटुंगिएको स्रोत बताउँछ ।

    अर्थमन्त्रीमा बिष्णु पौडेलको नाम सर्वाधिक चर्चामा भए पनि पृथ्वी सुब्बा गुरुङले पनि चाहना राखेका छन् । तर अध्यक्ष ओली भने फेरि पनि डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा ल्याउने पक्षमा रहेको एमालेकै एक नेता बताउँछन् । संकटमा रहेको अर्थतन्त्र लयमा ल्याउन पनि उनी पुनः अर्थमन्त्रीमा खतिवडालाई ल्याउने योजनामा रहेको ती नेताको भनाइ छ । एमालेले सांसद नभएका ब्यक्तिलाई मन्त्री नबनाउने मापदण्ड बनाएको छ । तर ओलीका लागि मापदण्ड लागू नभएका धेरै नजीर भएकाले उनले खतिवडालाई अर्थमन्त्रीमा ल्याएमा आश्चर्य मान्नुनपर्ने एमाले बृत्तमा चर्चा छ । सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुनसक्ने ब्यवस्था छ ।

    २०७४ फागुन ३ गते दुईतिहाई बहुमतको सरकारको प्रधानमन्त्री हुँदा ओलीले डा. खतिवडालाई अर्थमन्त्री बनाएका थिए । खतिवडाको राष्ट्रियसभाको कार्यकाल सकिएपछि बिष्णु पौडेललाई अर्थमन्त्री बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार